स्थानीय चुनाव

Digital Handwritten Lesson

निर्वाचन एकाइ – कक्षा ८ | New Millennium Academy
New Millennium Academy
अनुशासनको लागि शिक्षा
Pokhara-17, Birauta  |  nripendraswaracharya.com.np
पोखराको सेरोफेरो  •  कक्षा ८  •  एकाइ नोट्स

निर्वाचन र स्थानीय शासन

पोखराको सेरोफेरो  |  स्थानीय तह, निर्वाचन

कक्षा: ८ विषय: पोखराको सेरोफेरो एकाइ: निर्वाचन वर्ष: २०८३
📖 निर्वाचनको परिभाषा

जनताले आफ्नो प्रतिनिधि छनोट गर्न मतदान गर्ने प्रक्रियालाई निर्वाचन भनिन्छ।

✅ उम्मेदवारको योग्यता
  • नेपाली नागरिक
  • कम्तीमा २१ वर्ष उमेर पुगेको
  • मानसिक रूपमा सक्षम
  • कानुनले अयोग्य नठहराएको
🚫 उम्मेदवार अयोग्य हुने कारण
  • भ्रष्टाचारको दोषी
  • आपराधिक सजाय
  • मानसिक असक्षमता
  • सरकारी पदमा कार्यरत
  • कालो सूचीमा भएमा
🏛️ कार्यकाल

स्थानीय तहको कार्यकाल ५ वर्ष हुन्छ।

⚖️ जिम्मेवारी / अधिकार
  • विकास योजना बनाउने
  • बजेट व्यवस्थापन गर्ने
  • सार्वजनिक सेवा उपलब्ध गराउने
  • पूर्वाधार विकास गर्ने
  • जनताको समस्या समाधान गर्ने
🌟 स्थानीय तहको निर्वाचनका महत्त्वहरू
🗳️ जनताको प्रतिनिधि छनोट गरिन्छ – नागरिकहरूले आफ्नो क्षेत्रका लागि काम गर्ने प्रतिनिधि आफैं छान्न पाउँछन्।
🏗️ स्थानीय विकासले गति लिन्छ – निर्वाचित जनप्रतिनिधिले स्थानीय विकासका योजना बनाउँछन् र कार्यान्वयन गर्छन्।
🏛️ लोकतन्त्र सुदृढ हुन्छ – जनताको मताधिकार प्रयोगले लोकतान्त्रिक प्रणाली बलियो बनाउँछ।
🤝 जनताको सहभागिता बढ्छ – शासन र विकास प्रक्रियामा नागरिकहरूको सहभागिता बढ्छ।
🔧 स्थानीय समस्या समाधान सजिलो – स्थानीय प्रतिनिधिले स्थानीय समस्यालाई छिटो बुझेर समाधान गर्न सक्छन्।
🛡️ निष्पक्ष निर्वाचनका उपायहरू
  1. निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्ने।
  2. मतदातालाई स्वतन्त्र रूपमा मतदान गर्न सुरक्षित वातावरण बनाउने।
  3. निर्वाचन आयोगले निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सञ्चालन गर्ने।
  4. मतदाता शिक्षालाई बढावा दिने।
  5. अवैध खर्च र प्रभावलाई नियन्त्रण गर्ने।
  6. सुरक्षा निकायको उचित परिचालन गर्ने।
लोकतान्त्रिक सहभागिताको सूत्र :
\( \text{सहभागिता दर} = \dfrac{\text{मतदान गरेको व्यक्ति}}{\text{कुल मतदाता}} \times 100\% \)
⚡ New Millennium Academy, Pokhara-17 विरौटा — लोकतन्त्र र स्थानीय शासन शिक्षा

अभ्यास प्रश्नोत्तर
अति छोटो उत्तर प्रश्नहरू
क
स्थानीय तह भन्नाले के बुझिन्छ ?
उत्तर
स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई बुझिन्छ, जसले स्थानीय स्तरमा विकास र शासनको काम गर्छन्।
ख
निर्वाचन भनेको के हो ?
उत्तर
जनताले आफ्नो प्रतिनिधि वा नेता छनोट गर्न मतदान गर्ने (भोट हाल्ने) प्रक्रियालाई निर्वाचन भनिन्छ।
ग
स्थानीय शासनको आवश्यकता किन पर्दछ ?
उत्तर
गाउँ र समाजका स्थानीय समस्याहरू नजिकबाट पहिचान गरी छिटो र प्रभावकारी रूपमा समाधान गर्न स्थानीय शासनको आवश्यकता पर्दछ।
घ
मतदान गर्नुपर्ने कुनै २ कारणहरू लेख्नुहोस् ।
उत्तर
१. आफ्नो क्षेत्रको विकास गर्न सक्ने योग्य प्रतिनिधि छान्न।
२. एक असल नागरिकको रूपमा आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न।
ङ
स्वतन्त्र र निष्पक्ष निर्वाचन भनेको के हो ?
उत्तर
कुनै पनि डर, धम्की, प्रलोभन वा पक्षपात बिना नागरिकले स्वतन्त्र रूपमा भोट हाल्न पाउने र सही नतिजा आउने निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष निर्वाचन भनिन्छ।
छोटो उत्तर प्रश्नहरू
क
निर्वाचनमा उम्मेदवार हुन आवश्यक योग्यताको सूची बनाउनुहोस् ।
उत्तर
नेपाली नागरिक, कम्तीमा २१ वर्ष, मानसिक रूपमा सक्षम, कानुनले अयोग्य नठहराएको।
ख
निर्वाचन ऐन, २०७३ अनुसार कस्ता व्यक्ति निर्वाचनमा उम्मेदवार हुन सक्दैनन् ?
उत्तर
भ्रष्टाचारको दोषी, गम्भीर आपराधिक सजाय पाएका, मानसिक सन्तुलन गुमाएका, सरकारी सेवामा कार्यरत व्यक्तिहरू।
ग
मतदान गर्नुपर्ने कुनै ४ ओटा कारणहरू लेख्नुहोस् ।
उत्तर
१. योग्य र इमान्दार नेता छान्न। २. लोकतन्त्र बलियो बनाउन।
३. भ्रष्ट व्यक्तिहरूलाई रोक्न। ४. उत्तरदायी सरकार निर्माण गर्न।
घ
निर्वाचन नभएमा हुने कुनै ४ ओटा असरहरू लेख्नुहोस् ।
उत्तर
१. जनताले मनपरेको प्रतिनिधि छान्न पाउँदैनन्।
२. विकास निर्माण रोकिन्छन्।
३. जनताका गुनासा सुन्ने निकाय हुँदैन।
४. तानाशाहीको खतरा बढ्छ।
ङ
"निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्छ" — यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर
निर्वाचनले जनताको वास्तविक चाहनालाई प्रतिबिम्बित गर्नुपर्छ। धाँधली, डर, पैसाको प्रभावले गलत मानिसले जित्न सक्छ, जसले देशको विकास हुँदैन र जनता दु:ख पाउँछन्। निष्पक्ष निर्वाचनले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ।
New Book 2083 नयाँ पाठ्यक्रम – थप प्रश्नहरू
ख
खराब मानिस निर्वाचित भएमा कस्ता समस्या आउँछन् ?
उत्तर
भ्रष्टाचार (बजेट दुरुपयोग), अन्याय (शक्तिको दुरुपयोग), विकास रोकिने (शिक्षा, स्वास्थ्य, पूर्वाधार ठप्प)।
ग
जिल्ला समन्वय समिति कसरी बन्दछ ?
उत्तर
जिल्ला भित्रका गाउँ/नगर कार्यपालिका सदस्यहरूले चुनाव गर्छन्। प्रमुख, उपप्रमुख र कम्तीमा ३ महिला सहित ९ सदस्य। मुख्य काम स्थानीय तह बीच तालमेल।
घ
निर्वाचन नभएमा हुने ४ असरहरू (पुनरावलोकन) ।
उत्तर
लोकतन्त्र कमजोर, विकास सुस्त, उत्तरदायित्व नहुने, तानाशाही बढ्न सक्ने।
ङ
वडा समितिमा को को रहन्छन् ?
उत्तर
५ जना सदस्य — एक वडा अध्यक्ष, दुई खुला सदस्य, एक महिला सदस्य, एक दलित महिला सदस्य।
दीर्घ उत्तर प्रश्नहरू
क
स्वतन्त्र र निष्पक्ष निर्वाचनका आधारहरू उल्लेख गर्नुहोस्।
उत्तर
कडा आचारसंहिता, सुरक्षित वातावरण, स्वतन्त्र निर्वाचन आयोग, मतदाता शिक्षा, अवैध प्रभावमा रोक, सुरक्षा निकायको उचित परिचालन।
ख
तपाईंले मतदान गर्न पाउनुभयो भने कस्ता व्यक्तिलाई आफ्नो मत प्रदान गर्नुहुन्छ ?
उत्तर
इमान्दार, समाजसेवी, भ्रष्टाचार नगर्ने, सबैलाई समान व्यवहार गर्ने, स्थानीय विकासको स्पष्ट योजना भएको, शिक्षा, स्वास्थ्य र रोजगारमा ध्यान दिने उम्मेदवारलाई मत दिनेछु।
ग
निर्वाचन भनेको के हो ? यदि स्थानीय निर्वाचन भएन भने यसको कस्तो असर पर्दछ ?
उत्तर
निर्वाचन भनेको योग्य प्रतिनिधि छनोटको प्रक्रिया हो। स्थानीय निर्वाचन नभएमा जनप्रतिनिधि नहुने, विकास ठप्प हुने, बजेट दुरुपयोग बढ्ने र लोकतन्त्र कमजोर हुने जस्ता गम्भीर असरहरू पर्छन्।
क
New Book स्थानीय तहका अधिकारहरू के के हुन् ? उल्लेख गर्नुहोस्।
उत्तर
स्थानीय कर संकलन, आधारभूत शिक्षा (कक्षा १२ सम्म), स्वास्थ्य सेवा, स्थानीय सडक/पूर्वाधार, कृषि तथा पशुपालन, बजार व्यवस्थापन, विपद व्यवस्थापन, तथा साना झगडाको न्यायिक कार्य।

New Millennium Academy  |  Pokhara-17, Birauta  |  nripendraswaracharya.com.np

कक्षा ८  •  पोखराको सेरोफेरो  •  निर्वाचन एकाइ  •  © २०८३

← Return to Chapter

Course material curated by Mr. Nripendraswar Acharya